साइबर

'फुडमान्डु' को पचास हजार प्रयोगकर्ताहरूको डाटा ह्याकर द्वारा लिक

चर्चित अनलाइन फुड डेलिभरी साइट "फुडमान्डु , " हिजो राति ह्याक भएको थियो। Mr.मुग्गर नाम गरेको एक ह्याकरले ट्विटरको माध्यमबाट करीव पचास हजार  फुडमान्डु   युजर्सहरूको जानकारी खुलासा गर्‍यो। जानकारीमा नाम, फोन नम्बर, ठेगाना, ईमेल, र प्रयोगकर्ताहरूको सही स्थान समावेश गर्दछ। ह्याकर Mr. मुग्गर अन्ततः डिसेम्बर ९, २०२० मा पक्राउ परेकाअ छन्|।ह्याकरले मार्च ७ को राती साँझ ८:१५ मा ह्याकको बारेमा टूइट गरे।

टूइट्को एक तस्वीर :


 टूइट मा "थकित" भन्ने शब्द प्रयोग गर्दै उन्ले संकेत दिएका छन कि Mr.मुग्गरले फुडमान्डु कम्पनीलाई "सेक्युरिटी भल्नरेबल्" बारेमा जान्कारी गरेका थिए तर  कम्पनिले चासो नदेखाएको टूइट बाट प्रस्ट देखिन्छ| ह्याकरले  आफु सँग एक लाख पचास हजार प्रयोगकर्ताहरूको डाटा भएको दावी गर्दछन र पचास हजार प्रयोगकर्ताहरूको डाटा डेमोको रूपमा सार्वजनिक गरेका छन्।


फुडमान्डु आधिकारिक बयान

 फुडमान्डु ले लुपहोल ठीक गरेपछि डाटा बृच घटनाको बारेमा आधिकारिक विज्ञप्ति जारी गरेको छ। तिनीहरू भन्छन् कि घटनाले उनीहरूको व्यावसायिक अपरेशनमा कुनै प्रभाव पार्दैन। आधिकारिक बयानमा, तिनीहरू एक हैकर द्वारा अनाधिकृत ग्राहक डाटा पहुँच बारे स्वीकार गर्दछन् जसले नाम, ठेगाना, ईमेल ठेगाना, र फोन नम्बर समावेश गर्दछ।



उनीहरूले आगामी कारबाहीको लागि नेपाल पुलिसको साइबर क्राइम डिभिजनसँग कुराकानी गरिरहेको कुरा पनि बताएका छन।कम्पनीले अधिकारीहरूलाई सार्बजनिक  भएको डाटा हटाउन अनुरोध गरेको थियो।

कम्पनिले भनेको छ कि "सबै प्रकारका ग्राहकको डेटा संरक्षण गर्न  हामी प्रतिबद्धता व्यक्त गर्दछौ र यस अवस्थामा डिजिटल इकोसिस्टमबाट सहयोग पनि पाउने आस गरेका छौ"।

अपडेट:: (डिसेम्बर,, २०२०)

नेपाल पुलिसको साइबर ब्यूरोले अन्ततः दिनेश तिवारीलाई पक्राउ गरेको छ जो फूडमन्डु ह्याकको पछाडि थिए। जानकारी अनुसार,  उनि उही ह्याकर हुनसक्छ जो "मिस्टर मुग्गर" नाम बाट टूइटर प्रयोग गरेका थिए। साइबर ब्यूरोले विशेष अप्रेसन "ह्याकर हन्ट्" को साथबाट ह्याकरलाई पछ्याउन सफल भएका छन्।

साइबर ब्यूरोको आधिकारिक विज्ञप्ति :