साइबर

''इलोन मस्क बिटकॉइन स्क्याम" जस्ले गर्दा गयो सबै बचत

✍️ आशिष

काठमाडौँ। जुली बुश्नेलले बिटकॉइन स्क्याममा £९,००० गुमाएपछि उनी दुखि तथा अप्ठ्यारो महसुस गरेको बताइन्।

उद्यमी एलोन मस्कको नाम प्रयोग गरेर क्रिप्टोकरन्सीले उनको पैसा दोब्बर बनाउने भन्दै नक्कली बीबीसी वेबसाइटमा कल्पित कथा प्रयोग गरेर उनि माथी स्क्याम भएको उनि बताउछिन् ।



क्रिप्टोकरन्सीमा लगानी गर्ने बुश्नेलले बिबीसी न्यूज ब्रान्डि प्रयोग गरेको एउटा वेबसाइटमा उक्त भ्रमित समाचार फेला पारेकी थिइन्। टेस्ला कार कम्पनीका अरबपति मस्कले बिटकॉइन निक्षेपको दोब्बर रकम फिर्ता गर्ने दाबी गरेको भन्दै थापेको थियो।

उनले £ ९,००० तिरेकी थिईन, जुन उनले नयाँ घर बनाउनको लागि बचत गरिएको थियो।

उनले भनिन्: "यसले मलाई ठूलो मात्रामा असर गरेको छ। म चाहान्छु कि म त्यो समय फिर्ता लिन सकु- समय मेसिनमा गएर ती दुई क्लिकहरू नगरु।"

सुसेक्स पुलिस र एक्शन फ्रॉडलाई खबर गरेका सुश्री बुश्नेलले थपिन् "म यस घोटालाको बारेमा जागरुकता बढाउन चाहन्छु ताकि यो अन्य कमजोर मानिसहरूलाई नहोस्।" नक्कली साइट अझै अनलाइन छ।

बीबीसीले यो साइट बन्द गर्न को लागी कदम चालेको बताएको छ । "हामी मानिसहरूलाई [वेबसाइट] को सत्यता जाँच्न गर्न र कुनै पनि व्यक्तिगत जानकारी नदिन आग्रह गर्दछौं।"