टेलिकम

सुरु गर्यो CGले काठमाडौं उपत्यकामा इन्टरनेट सेवा

✍️ आशिष

 काठमाडौं। CG Communicationsले आजदेखि काठमाडौं उपत्यकामा इन्टरनेट सेवा (CG NET) शुरू गरेको छ। CG NET को लक्ष्य नै कम मूल्यमा उच्च स्पीड फाइबर नेटवर्क ग्राहक अनुभव प्रदान गर्ने हो। हाल, यसले १२० एमबीपीएस  इन्टरनेट प्याकेज प्रदान गर्न सुरु गरेको छ । 

मार्च १६, २०२१मा नेपाल दूरसञ्चार प्राधिकरण (NTA)  बाट नेटवर्क सेवा प्रदायक र इन्टरनेट सेवा प्रदायकको लागि इजाजत प्राप्त गरिसकेको छ।

अहिले १२०Mbps लाई मासिक रु.९९९मा उपलब्ध गराउने छ भने १ वर्षको प्याकेज लगेमा रु.११,९८८ मा पाईनेछ।


CG Internet स्टोर कुमारिपति ग्वाार्को, इमाडोल, ललितपुर ज्वालाखेल र ललितपुरमा रहेको छ।

हाल यसले ललितपुरको केही क्षेत्रमा मात्र सेवाहरू प्रदान गर्नेछ।

सम्पर्क न.  +977-1-5111033