प्राबिधिक-समाचार

क्रोम र एजले तपाइँको पासवर्ड समस्याको समाधान गर्न चाहन्छ।

काठमाडौ । यदि तपाईं धेरै व्यक्तिहरू जस्तो आफ्नो पासवर्ड बिर्सनु हुन्छ भने वा तपाईं  कहि कतै एडमिन भएर धेरै पासवर्ड व्यवस्थापन गर्नु पर्छ भने अब क्रोम र एज ब्राउजरले पासवर्ड व्यवस्थापन गर्न तपाईंलाई सहयोग गर्नेछ। अर्थात यी ब्राउजरले इन बिल्टनै बिफ्ड-अप पासवर्ड म्यानेजमेन्ट मार्फत युजरको पासवर्ड रेसक्यु गर्दै छ ।

माइक्रोसफ्टले केहि दिन अघि रिलिज  गरेको एज ८८ को लागि नयाँ पासवर्ड जेनरेटर इन बिल्टनै रहेको घोषणा गरेको छ। नयाँ खातामा साइन अप गर्दा वा त्यहीँ अवस्थित पासवर्ड परिवर्तन गर्दा युजरले जेनेरेटर प्रयोग गर्न सक्दछन्। जेनेरेटरले पासवर्ड फाँटमा ड्रप-डाउन अप्सन प्रदान गर्दछ र युजरले त्यसमा क्लिक गरि  पासवर्डको रूपमा चयन गर्नुपर्छ  र त्यसलाई ब्राउजरमा निर्मित पासवर्ड जेनेरेटरले म्यानेज गर्दछ।

पासवर्ड जेनरेटर बलियो पासवर्डको अब झन सुरक्षित स्रोतहरू हुनेछन । वास्तवमै अद्वितीय र अनुमान गर्न गाह्रो पासवर्डको बारेमा सोच्नुको सट्टा, युजरहरूले त्यसको सट्टा जेनेरेटरलाई म्यानेजमेन्ट गर्नु दिनु अबको रोजाइमा पर्नेछ ।