प्राबिधिक-समाचार

जल तथा मौसम विज्ञान विभागले सुरु गर्यो बाढीको पूर्वसूचना दिने वेवसाइट

✍️ आशिष

काठमाडौं। बंगालको खाडी आसपास बिकशित भएको Low Pressure Area (न्यून चापीय क्षेत्र)का कारण मिति २०७८/०२/२८ गते बाट नेपालको पूर्वी भूभागहरुः प्रदेश १, प्रदेश २ र बागमती प्रदेशमा मनसुनको आगमन (Monsoon Onset) भएको छ।  एक दुई दिनमानै मनसुन देशैभरी फैलिने सम्भावना रहेको छ। काठमाडौं उपत्यका देशका केही भागमा वर्षा सुरु भएको छ।

यो सगैं नेपाल सरकार ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालय अन्तर्गत जल तथा मौसम विज्ञान विभागले एउटा वेवसाइट सुरु गर्दै नेपाल भर बाढी पूर्वसूचना सेवा सञ्चालन गरेको छ। 


यस वेवसाइटमा नेपालको कुन भुभाग उच्च जोखिममा छ भन्ने प्रस्ट देखाउने गर्छ। भने उच्व जोखिममा हुदा साईरन बज्ने सुविधा पनि उपलब्ध छ। देशभरका नदिको बेग प्रबाह कतिले भैरहेको छ भन्ने पनि यहाँ हेर्न सकिन्छ।

वेवसाइट खोल्न यहाँ क्लिक गर्नुहोस्।

साथै बिभागको वेवसाइटमा हरेक दिन विहान ७ बजे बाढीपूर्वानुमानका लागि दैनिक बाढी बुलेटिन जारी गरिनेछ। र विभागकाे टाेल फ्रि नम्बर ११५५ मार्फत एसएमएसबाट तपाईंको क्षेत्रमा हुनसक्ने सम्भाव्य बाढीसम्बन्धी सुचना प्राप्त गर्न सक्नुहुन्छ।