ग्याजेट्स

एलजी कम्पनीले आफ्नो मोबाइल व्यवसाय नै बन्द गर्ने

काठमाडौं | आज आर्थत अप्रिल ५ बाट एलजी कम्पनीले आफ्नो मोबाइल व्यवसाय नै बन्द गर्ने भएको छ |कोरियन टाइम्सका अनुसार विगत पाँच वर्षमा कम्पनीले मोबाइल व्यवसायबाट खासै आम्दानी गर्न नसकेपछि बन्द गर्ने तयारी गरेको हो । 

कम्पनीले सन् २०१५ देखि स्मार्टफोन सेग्मेन्टमा सञ्चालन खर्चसमेत उठाउन सकिरहेको छैन । स्मार्टफोनमा केही उत्पादन उत्कृष्ट हुँदा पनि कम्पनीले सफलता हात पार्न नसकेसँगै अन्य कम्पनीलाई मोबाइल सेग्मेन्ट बिक्री गर्ने तयारी गरेको थियो ।

यसका लागि कम्पनीले भोल्कस्वागन, भियतनामको भाइनग्रुप जेएससीजस्ता कम्पनीसँग कुरा चलाएको पनि हो । तर, उक्त योजनाले काम नगर्दा हाल आएर कम्पनीले मोबाइल सेग्मेन्ट बन्दै गर्ने तयारी गरेकाे छ ।