ग्याजेट्स

Xiaomi Mi 11 सार्वजनिक, यस्तो छ फिचर र मुल्य

✍️ आशिष

काठमाडौं। साओमी नेपालले अर्को flagship फोन Xiaomi Mi 11 सार्वजनिक गरेको छ। यो विश्वव्यापी रूपमा Snapdragon 888 चिप-सेट सहित उपलब्ध हुने पहिलो फोन हो। नेपालमा यो फोन ८९,९९९मा उपलब्ध हुनेछ। 

यो फोन 6.81″ AMOLED WQHD+ (3,200 x 1,440 pixels) क्वाड-कर्भ डटडिस्प्ले १२० हर्ट्ज रिफ्रेस रेटको साथ बजारमा आउने छ। यो फोनमा whooping 480Hz touch sampling rate पनि छ। डिस्प्लेमा 1500 nits brightness(max), छ।


MI 11 8GB/12GB LPDDR5 3200MHz RAM र 128GB/256GB UFS 3.1 Storage सहित उपलब्ध हुन्छ।

यो MIUI 12.5 Android 11 मा आधारित भएर आउनेछ।


 फोनमा ट्रिपल क्यामेरा सेटअप हुनेछ। पछाडि 108MP primary camera 1/1.33” सेन्सर को साथ, 13MP ultra-wide camera, 50mm telephoto-macro lens हुनेछन्।  अगाडि, त्यहाँ एक20MP selfie camera बायाँ तिर गगोलाकामा हुनेछ।

नेपाली बजारमा यो MI 11 फोन रु. ८९,९९९मा पाईनेछ।


नेपाली बजारमा 8/256GB variantमा मात्र उपलब्ध हुनेछ।