साइबर

विश्वकै सबै भन्दा ठूलो फास्ट फूड चेन म्याक डोनाल्डको पनि डाटा ब्रिच

 ✍️ आशिष

काठमाडौं। विश्वकै सबै भन्दा ठूलो फास्ट फूड चेन म्याक डोनाल्डको शुक्रवार दक्षिण कोरिया, ताइवान र संयुक्त राज्य अमेरिक रहेका केहि ग्राहक र कर्मचारीको डाटा ब्रिच भएको पुस्टि भएको छ।

 म्याक डोनाल्डको आन्तरिक नेटवर्कमा अनाधिकृत गतिविधि गरि ह्याक भएको कुरा बाह्य प्राबिधिकहरु ल्याएपछि थाहा भएको थियो। ब्रिचमा मान्छेहरुको ईमेल, सम्पर्क नम्बर र डेलिभरीको ठेगाना रहेको छ । वाशिंगटन पोष्टका अनुसार कुनै पनि ग्राहकको भुक्तान जानकारी भने ब्रिच भएको छैन।

ह्याकरहरुले दक्षिण अफ्रिका र रुसको शाखामा पनि डेटा ब्रिच गर्न प्रयास गरेका थिए तर त्यहाँ उनीहरु सफल भए की भएनन भनेर अनुसन्धान चलिरहेको छ ।

केहि दिन अघि विश्वको सबैभन्दा ठूलो मासु प्रोसेसर जेबीएसदेखि लिएर अमेरिकाको पूर्वी तटमा लगभग आधा ईन्धन आपूर्ति गर्ने कोलोनियल पाइपलाइनमा र्यान्समवेयर आक्रमण गरि ह्याक भएको भएपनि यो आक्रमणमा भने र्यान्समवेयर नरहेको पाईएको छ।