ग्याजेट्स

'यात्री मोटोरसाइकल' मेड ईन नेपाल

काठमाडौं । नेपाली युवा इन्जिनियरहरुको टोलीले विद्युतीय बाइक 'यात्री मोटोरसाइकल' निर्माण गरेकाे छ। ‘प्रोजेक्ट जिरो’ नाम दिइएर निर्माण गरिएको उक्त विद्युतीय बाइकको डिजाइन, इन्जिनियरिङ तथा निर्माण नेपालमै भएको हो ।

दुई घण्टाको फुल चार्जमा उक्त बाइकले २३० किलोमिटर रेन्जसम्म यात्रा गर्दछ । यसमा ८ किलो वाट प्रतिघण्टाको ब्याट्री क्षमता छ भने ३.३ किलो वाटको अनबोर्ड चार्जर छ ।

यात्री मोटोरसाइकललाइ स्मार्ट बनाउन बाइकमा अनबोर्ड फोरजी नेटवर्कका साथै एन्ड्रोइड र आईओएस एन्टी थेफ्ट अनबोर्ड जीपीएन अन डिमाण्ड सर्भिसिङ अपोइन्टमेन्ट रोड साइड असिस्टेन्स मोबाइल एप पनि छ ।

यात्री मोटरसाइकल्सले आगामी २३ अप्रिलमा प्रोजेक्ट जिरोको युनिटलाई आफ्नो वेबसाइटमा सार्वजनिक पछि, इच्छुक व्यक्तिहरुले अर्डर दिएर २३ अप्रिलदेखि डाउन पेमेन्टमा बाइक खरिद गर्नसक्ने कम्पनीले बताएको छ । उक्त बाइकको आफ्नो वेबसाइट भिजिट गर्न  यहाँ  किल्क   गर्नुहोस ।