साइबर

अमेजन, रेडडिट र ट्विच जस्ता वेवसाइट मङ्गलबार साझ चार बजेतिर किन भए बन्द ?

✍️ आशिष

काठमाडौं। अमेजन, रेडडिट र ट्विच सहित  ठुला धेरै  वेबसाइटहरूमा मङ्गलबार केहि समयको लागि बन्द भएका छन्।

Financial Times,  द गार्जियन र न्यु योर्क टाइम्सका अनुसार बेलायत सरकारको वेबसाइट  (gov.uk ) पनि बन्द   बएको थियो।

प्रभावित वेबसाइटहरूमा ' Error 503 Service Unavailable ' देखाएको थियो। 


यो समस्याको पछाडि क्लाउड कम्प्युटि provider Fastly देखिएको छ जसले धेरैजसो मुख्य वेबसाइटहरूलाई सेवा दिदै आएको छ। स्रोतका अनुसार global content delivery network (CDN)मा आएको समस्या समाधान पछि वेवसाइटहरु रिस्टोर हुदा बन्द भएका थिए।

यो समस्या नेपालको साझको ०३:४५ बजे  शुरू भयो र एक घण्टा सम्म चली रह्यो। अन्य प्रभावित वेबसाइटहरुमा CNN र स्ट्रिमिंग साइट ट्विच र Hulu समावेश छ। आउटेजले ट्वीटरको emojis सहित सेवाहरू अबरुद्ध भएको थियो।