टेलिकम

बलिउड अभिनेत्री जुही चावलाले फाइभजी प्रविधि विरुद्ध उच्च अदालतमा

✍️  आशिष 

काठमाडौं। नेपालमा नेपाल टेलिकमले २०२१ भित्रै फाइबजी सेवा सुरु गर्ने घोषण गरिसकेको  र अब छिटै परिक्षणको रुपमा फाइबजी सेवा सुतु गर्दैछ । फाइभजी नेटवर्क चीन, दक्षिण कोरिया, अमेरिका, युरोप जस्ता कयौं देशमा यस अघि देखि नै सञ्चालनमा आइसकेको छ ।भारत पनि फाइबजी प्रविधि सुरु गर्ने तयारीमा छ । 


तर बलिउड अभिनेत्री जुही चावलाले फाइभजी प्रविधि विरुद्ध दिल्ली उच्च अदालतमा रिट दर्ता गराएकी छिन् ।  चावलाले फाइभजी स्वास्थ्यका लागि सुरक्षित भए नभएको  विषयमा जाँच गर्नु पर्ने भन्दै रिट दर्ता गराएकी हुन्। भारतीय मिडियाका अनुसार अभिनेत्री चावललाले करिब ५ हजार पृष्ठ लामो उक्त रिट सञ्चार विभाग,विज्ञान तथा इन्जिनियरिङ अनुसन्धान बोर्ड, इन्डियन मेडिकल रिसर्च काउन्सिल, केन्द्रीय प्रदुषण नियन्त्रण बोर्ड, केही विश्वविद्यालय र विश्व स्वास्थ्य संगठनलाई विपक्षी बनाएकी छिन् ।