प्राबिधिक-समाचार

"लुडो भाग्यको खेल कि हातको कौसल?" - निर्णय गर्दै अदालत

✍️ आशिष

काठमाडौं । नेपालमा अहिले कोरोना महामारीको कारण लकडाउन भएको छ। लकडाउनमा अधिकाङ्श घरमै छम। घरमा भएको बेला धेरैले लुडो खेलेर समय विताउने गर्दछौ। अहिले त अनलाईन बाट पनि लुडो खेल्नेक्रम बडेको छ।

तर भारतमा भने लुडोको विषयमा बहस सुरु भएको छ। मुम्बई उच्च अदालतमा मुद्दा पनि फैसला हुन बाकी छ।

प्रमुख विषय "लुडो खेल भाग्यको खेल हो कि हातको कौसल" भन्ने नै हो। महाराष्ट्र नवनिर्माण सेना (एमएनएस) का केशव मुलेले जुन ३मा लुडोलाई कौशल देखाउने नभई भाग्यको खेल भनिनुपर्ने मागसहित मुम्बई उच्च अदालतमा रिट दायर गरेका छन् । यो रिटको सुनुवाइ दुई हप्तापछि जुन २२ मा हुँदै छ । उनले रिटमा मोबाइलमा खेलिने लुडो सुप्रिम एप माथि कारवाहीको माग  गरेका छन्। उनि पहिले जिल्ला अदालतमा पुगेको थिए तर अदालतले पहिला पुलिस स्टेशनमा FIR गर्ता गर्न भन्दै अस्वीकार गरिएको थियो । FIR दर्त्ता पछि भने उनको रिट दर्ता भएको थियो।