प्राबिधिक-समाचार

गाईको गोबर बाट क्रिप्टोकरन्सी उत्पादन? कसरी? हेर्नुहोस्।

✍️ आशिष

काठमाडौं। स्नोडोनिया राष्ट्रिय निकुञ्ज नजिकै, फिलिप ह्युजेस फार्मको वरिपरि  गाई र भेडाहरुको बगालले रमणीय उपत्यका  भरिएको हुन्छ।

एउटा ठूलो डोम्ड ट्याङ्कीको छेउमा हरियो शिपिंग कन्टेनरमा, एकदमै फरक किसिमको फार्म पनि यस भव्य उपत्यकामा देख्न सकिन्छ।

फिलिप ह्युजेसको परिवारले धेरै पुस्तादेखि जग्गा खेती गर्दै आएका छन्।  तर अब उनले नयाँ नाटो रोज्दै छन्। नवीकरणीय उर्जा द्वारा संचालित शक्तिशाली कम्प्युटरहरू प्रयोग गरेर  क्रिप्टोकरन्सी उत्पन्न गर्दैछन्।
फिलिपले  त्यो उर्जा उत्पादन 'गाईको गोबर'बाट भएको बताएका छन्।

५००rmpका ६ ठुला सिलिन्डर प्रयोग गरेर गाईको मलमा भएको मिथेनलाई बिधुतमा रुपान्तरण गर्दछन्।
अहिले तिनीहरू Ethereum उत्खनन गर्दै छन्। Ethereumको मूल्य झन्डै $२,४०० डलरको वरपर छ।

कसरी उत्पादन हुन्छ गाईको मल बाट बिधुत?
बन्द सिलिन्डरमा अक्सिजन नछिर्ने गरि  मल भन्डार गरिन्छ।
सूक्ष्मजीवहरूको मद्दतले मल बाट मिथेन उत्पादन गर्छ।
उत्पादित मिथेन बाट बिजुली उत्पादन गर्न मिल्छ। जस्ले गर्दा वातावरणमा  ग्रीनहाउस ग्यासको मात्रा कम गर्न मद्दत गर्छ। बिजुली उत्पादन पपस्चा बाँकी रहेको लाई मलको रूपमा प्रयोग गर्न सकिन्छ।
अहिले उत्पादित बिधुतको लगभग दुई तिहाई बिजुली फर्ममै खपत भएको छ भने बाँकी बिधुत क्रिप्टोकरन्सी उत्खननमा प्रयोग भएको छ।