ग्याजेट्स

डिशहोमक ग्राहकलाई‌ अब सित्तैमा इन्टरनेट

काठमाडौं । डिशहोमले ग्राहकका लागि सित्तैमा १० एमबीपीएस गतिको इन्टरनेट प्रदान गर्ने भएकाे छ । डिशहोम फाइबरनेटले आफ्नो सेवा आक्रमक तवरले सुरु गर्न यो कदम चालेको जनाएको छ। 

डिशहोमकोे मासिक, त्रैमासिक अर्धवार्षिक वा वार्षिक रिचार्जमा सोही अवधिको लागि १० एमबीपीएस स्पीडको इन्टरनेट निःशुल्क प्रयोग गर्न सकिने छ। यो सेवासँगै डिशहोमका ग्राहकहरुले आफ्नै मोबाइलमा डिशहोम गो एपमार्फत ७० भन्दा धेरै डिशहोमका च्यानल निःशुल्क हेर्न पाउनेछन र भिडियाे अन डिमान्ड मार्फत नयाँ-नयाँ मनोरञ्जनात्मक कार्यक्रम पनि हेर्न सकिने कम्पनीले जनाएकाे छ ।