साइबर

चर्चित ह्याकरसमुहले टेस्ला कम्पनीका सीईओलाई चेतावनी

 ✍️ आशिष


काठमाडौं। 'Anonymous' नामले परिचित एक अज्ञात समुहले टेस्ला कम्पनीका सीईओलाई चेतावनी सहित भिडियो पठाएको छ।

 भिडियोमा उनले ट्वीट मार्फत क्रिप्टोकुरेन्सीका लगानीकर्ताको जीवन विनाश गरेको आरोप लगाउँदै भिडियो पठाएको हो।

 भिडियोमा उल्लेख गरिए अनुसार मस्कले हालसालै गरेका ट्वीटहरूले औसत काम गर्ने व्यक्तिको लागि स्पष्ट बेवास्ता गरेको र उसको "सार्वजनिक प्रवृत्ति"ले मेहनती व्यक्तिहरूको सपनालाई लत्याएको छ।

"तपाइँको ट्विटर पोष्टहरूमा टिप्पणीहरू पढ्दा यस्तो देखिन्छ कि तपाइँले क्रिप्टो बजारसँग खेलेका खेलहरूले जीवनलाई नष्ट गरेको छ। लाखौं साना लगानीकर्ताहरूले उनीहरूको जीवनलाई सुधार्न वास्तवमै उनीहरूलर क्रिप्टोमा भरोसा गरिरहेका थिए," भिडियोमा भनिएको छ।

मस्कले वातवरणीय क्षतिको विषयलाई लिएर क्रिप्टोकरेन्सीको विषयमा बोलिरहेको भएता पनि उनले त्यसलाई व्यवहारमा नउतारेकाे आरोप साे समूहले लगाएकाे छ ।