टेलिकम

अब चिकित्सकहरु लाई एक महिनासम्म निःशुल्क मोबाइल सेवा

✍️ आशिष

काठमाडौं । नेपाल मेडिकल काउन्सिलमा दर्ता भएका चिकित्सकहरु लाई सरकारी स्वामित्वको दूरसञ्चार कम्पनी नेपाल टेलिकमले एक महिनासम्म निःशुल्क मोबाइल सेवा उपलब्ध गराउने भएको छ । कोरोना भाइरसको महामारीका कारण घर देखि टाढा भई अहोरात्र खटिने डक्टरहरुलाई प्रोत्साहन स्वरुप यस्तो सुविधा दिन लागेको टेलिकमले बतायो।

तर यो सुविधा पाउन नेपाल मेडिकल काउन्सिलमा दर्ता भएका चिकित्सक हुनु पर्ने छ। एक महिना अवधिका लागि दिईएको अनलिमिटेड एनटीसी भ्वाइस प्याक लिनका लागि इच्छुक चिकित्सकहरुले नेपाल मेडिकल काउन्सिलमा सम्पर्क गर्नु पर्ने छ।

यो सुविधा लिनका लागि चिकित्सकको मोबाइल नम्बर नेपाल टेलिकमबाट जारी गरिएको हुनुका साथै सो नम्बर सम्बन्धित चिकित्सक स्वयंकै नाममा दर्ता भएको हुनुपर्नेछ । चिकित्सकहरुले यो सुविधा लिन यहाँ क्लिक गरी टेलिकमको निःशुल्क भ्वाइस प्याक सेवाका लागि अनुरोध फाराम भर्न सक्नेछन् ।