प्राबिधिक-समाचार

ग्लोकल टिन हिरो नेपाल भर्चुअल रुपमा हुदै | प्रतिभावान किशोर किशोरीहरुले यसरी निःशुल्क आवेदन दिनसक्ने।

✍ आशिष

काठमाडौं। ग्लोकल टिन हिरो रचनात्मकता र उत्साहपूर्ण किशोर किशोरीहरूलाई सशक्त बनाउन मद्दत गर्ने एक प्लेटफर्म हो।

शिक्षा बाहेक समाजमा केहि गर्ने जोशिलो र नवीन किशोरका लागि यो अवार्ड समर्पित छ।

हालसम्म नेपालका ६ किशोर किशोरिहरु ग्लोकल टिन हिरोको रुपमा नेपालमा सम्मानित भएका छन् भने ग्लोकल टिन हिरो इन्डिया र श्रीलंकाबाट एक/एक जना सम्मनित भएका छन । 

 यस वर्ष पनि ग्लोकल टिन हिरो नेपाल भर्चुअल रुपमा सेप्टेम्बर १ मा हुनेछ । समाजसेवा, पत्रकारिता, रोबोटिक्स, कम्प्युटर प्रोग्रामिङ, उद्यमशीलता एवं सामाजिक चेतना, वातावरण संरक्षण, सामाजिक रुपान्तरणका कार्यलगायत विभिन्न अन्य क्षेत्रमा लागेका प्रतिभावान किशोर किशोरीहरुले निःशुल्क आवेदन भर्नसक्ने छन् ।

आवेदन भर्न यहाँ क्लिक गर्नुहोस्।

यो आवेदन जुलाई ३० सम्म दिन सकिने छ।

साथै आफुले चिनेको जोशिलो र नवीन किशोरका लागि मनोनित पनि गर्न सक्नु हुनेछ। मनोनित गर्न सम्पुर्ण विवरण र कारण सहित आवेदन भर्नुपने छ। मनोनित गर्न यहाँ क्लिक गर्नुहोस्। मनोनित फर्म जुलाई २५ सम्म भर्न सकिनेछ।


 निर्णायक टोलीमा युरोपियन यूनियनका राजदुत श्रीमती नोना डेप्रेज, गोल्डस्टारको मार्केटिङ, ब्रान्डिङ र व्यवसाय विकास निर्देशक विदुषी राणा, सीजी कर्प ग्लोबलका प्रबन्ध निर्देशक वरुण चौधरी, नेपालका लागि कोकाकोला कम्पनीका कन्ट्री निर्देशक आदर्श अवस्थी र ज्योति ग्रुप अफ कम्पनीका निर्देशक र स्याकर ट्रेडिङ कम्पनीका अध्यक्ष सौरभ ज्योति रहनेछन् ।