प्राबिधिक-समाचार

ईसेवामा बैंक लिंक गरि लोड गर्दा रु.५० सम्म क्यासब्याक

✍️ आशिष

काठमाडौं। अहिले कोरोनाको महामारी फैलिरहेको बेला सरकारले घर बाटै सबै आर्थिक कारोबार बिभिन्न मोवाइल बैंकिङ एप र ई-वालेटहरुको प्रयोग मार्फत गर्न भनेको छ।
त्यो सगै अहिले ईसेवाले आफ्नो खाता लिंक गरि पैसा लोड गर्दा रु.५० सम्म क्यासब्याक दिने अफर ल्याएको छ।


आफ्नो बैंक खाता लिंक गरेपछि लिंक गरेको बैंक बाट कममा रु.१०० लोड गर्नु पर्नेछ।
त्यसपछि एउटा रु.५०को प्रोमोकोड प्राप्त गर्नुहुनेछ।  यो प्रोमो कोड रिडिम गर्न तपाईं कुनै पनि बिल भुक्तानी (कम मारु.५०) जस्तै मोबाइल टपअप, बिद्युत महसुस, इन्टरनेट बिल आदिमा खर्च गर्न सक्नुहुनेछ। यो अफर जुन ३,२०२१ देखि जुन १४,२०२१ सम्म मात्र लागुहुनेछ।