ग्याजेट्स

डिजिटल वालेट पे वेलले शुरु गर्यो आफ्नो सेवा, इन्टरनेट नहुँदा समेत चलाउन मिल्ने

काठमाडौं । इन्टरनेट समेत नचाहिने गरी थप एक नयाँ डिजिटल वालेट सेवा सुरु भएको छ। हो 'पे वेलले' इन्टरनेट समेत नचाहिने गरीआफ्नो  सेवा सुरु गरेको हो। आफ्नो एप सार्बजनिक गर्दै आफ्ना सेवाहरुको बारेमा जनकारी गराएको हो।

हाल प्रयोगमा आएका वालेटहरू सबैको लाग इन्टरनेटको आवश्यकता पर्छ  तर पे वेल वलेटमा भने दुवै विधिबाट कारोबार गर्न सकिन्छ । अर्थात एसएमएस र युएसएसडि जस्ता प्रविधिको प्रयोग गरि अफलाइन सेवा मार्फत टप अफ र फण्ड ट्रान्सफर जस्ता सेवा उपलब्ध जनाएको छ। इन्टरनेट सहित र रहित दुवै विधिबाट यसले सेवा उपलब्ध गराउने भएकोले यो वालेट अरु भन्दा पृथक हुने कुरामा कम्पनी जोड गर्दछ ।

यसले भुक्तानी सेवा उपलब्ध गराउने छ। जहाबाट सर्वसाधारणलाई बिद्युत्, खानेपानी, हस्पिटल, होटेल, रेस्टुरेन्ट बिल भुक्तानी, टेलिफोन, इन्टरनेट रिचार्ज लगायतका थुप्रै सेवा उपलब्ध हुनेछ। शेयर खरिद बिक्री रकम हस्तान्तरण वा प्राप्तिका लागि पनि यो एप सहयोगी हुनेछ र लगानीकर्ता तथा पूँजी बजार मैत्री बढी हुने दाबी कम्पनीको छ।

एक करोड रुपैयाँ चुक्ता पूँजी सहित सुरु भएको कम्पनीले १० गुणा थप पूँजी बढाउन भन्दै केन्द्रीय बैंकको अनुमति समेत माग गरेको छ। भविष्यमा पब्लिक कम्पनीमा रूपान्तरण हुँदै सर्वसाधारणमा साधारण शेयर जारी गर्ने योजना रहेको  पे वेल वालेट कम्पनीका सञ्चालक भीमप्रसाद तिम्सिनाले प्रेसलाई जनाएका छन । यहाँ किल्क गरि वालेटको एप्लिकेसन सम्म पुग्न सक्नु हुनेछ ।