ग्याजेट्स

नेपालमा POCO F3 सार्वजनिक, 5G चल्ने यो फोनको मुल्य कति?

✍️ आशिष
काठमाडौं। स्मार्टफोन क्षेत्रमा Redmi note 10 pro र Poco X3 pro पछि pocoले नेपालमा Poco F3 लन्च गरेको छ। भारतीय बजारमा फरक रङ्गका साथ Redmi k40 र MI 11X भनेर पनि चिनिन्छ।  फाइभजी सपोर्ट गर्ने पोको एफ थ्रीमा स्न्यापड्रागन ८७० फाइभजी प्रोसेसर प्रयोग गरिएको छ । 

४५२० एमएएचको ब्याट्री भएको कोर्निङ गोरिल्ला ग्लासले रहेको poco F3मा ६ जीबी र्‍याम/१२८ जीबी र ८ जीबी/२५६ जीबी स्टोरेज छ । २० मेगापिक्सेलको सेल्फी क्यामेरा सहित ४८ मेगापिक्सेल प्राइमरी लेन्ससहित ट्रिपल रियर क्यामेरा रहेको छ । जसमा ८ मेगापिक्सेल अल्ट्रावाइड लेन्स र ५ मेगापिक्सेल टेलि म्याक्रो लेन्स छन् । 


 यो फोनको मुल्य कति?
 ६ जीबी/ १२८ जीबी स्टोरेज भेरियन्टको मूल्य ४६ हजार ९९९ रूपैयाँ रहेको छ । त्यस्तै ८ जीबी / २५६ जीबी स्टोरेज भेरियन्टको मूल्य ५१ हजार ९९९ रूपैयाँ रहेको छ ।