प्राबिधिक-समाचार

"डीआरएस" कानूनी रुपमा दर्ता हुने नेपालकै पहिलो पब्जी टिममा रुटिन अफ नेपाल बन्दका भिक्टरको लगानी

काठमाडौं,

‘द रियल्स सोल्जर्स’ (डीआरएस) गेमिङ कानूनी रुपमा दर्ता हुने नेपालकै पहिलो पब्जी टिम बनेको छ । नेपालमा आधिकारिक रुपमा दर्ता भएर पब्जी तथा ईगेमिङलाई व्यावसाियक रुपमा अगाडि बढाउन तम्सेको हो । यसैबिचमा  चर्चित फेसबुक पेज रुटिन अफ नेपाल बन्दका संस्थापक भिक्टर पौडेल ‘रुटिने’ ले नेपाली पब्जी टिम डीआरएस (द रियल सोल्जर) को स्वामित्व खरिद गरेका छन् । क्लबको निश्चित शेयर सहित पौडेल डीआरएसमा जोडिएका हुन्। 

फेसबुक मा पोस्ट गर्दै विक्टर भन्छन  "धेरै समय सामाजिक संजाल चलाउने क्रममा एस्पोर्त्स सम्बन्धि धेरै कुरा सुन्निन्थ्यो तर यो ब्यबासायिक नि हुन सक्छ भन्ने ज्ञान थिएन , हङकङ निवासी असेशजि को केही समय सङतले गर्दा यस इ-स्पोर्ट्स बारे धेरै जानकारी पाउने अवसर मिल्यो । उहाले ब्यग्तीगतरुप मा धेरै नै पब्जिइ-स्पोर्ट्स मा लागानी गर्नु भएको रहेछ । सन्सार भर खरबौ को उद्योग भैसकेको इ-स्पोर्ट्स नेपालमा चाहिँ ब्याब्सायिक रुपमा अगाडि बढ्ने कसैले पहल गरेको रहेनछ । यसलाई चुनौती र अवसर को रुपमा लिएर हामी मिलेर इ-स्पोर्ट्स मा ब्याबसायिक रुप अगाडि बढ्ने सोचको साथ DRS Gaming मा जोडिएका छौ ।

सधै झै तपाईं हरु को साथ र सहयोग को अपेक्षा गरेको छौ।"   

डीआरएस हाल साउथ एसियन चरणको खेलको तयारीमा रहेको छ । यस अघि राष्ट्रिय स्तरमा विजेता बन्दै डीआरएस साउथ एसियन चरणमा दोस्रो भएको थियो । त्यसपछिको ग्लोबल च्याम्पियनमा भने टोली २० औं स्थानमा परेको थियो ।

सङ्गिन भट्टराई टोलीको व्यवस्थापकको रुपमा रहेका छन् । टोलीका खेलाडीहरुलाई आवश्यकता अनुसार विदेशी प्रशिक्षकबाट समेत विशेष प्रशिक्षण गराइने साथै बुटक्याम्पमा बस्दाको खाने बस्ने सबै जिम्मेवारी व्यवस्थापनको हुनेछ । त्यस बाहेक खेलबाट प्राप्त पुरस्कार राशी भने खेलाडी सहित व्यवस्थापन टोलीबीच बाँड्ने आन्तरिक सहमति भएको बताइएको छ|