टेलिकम

टेलिकमको नयाँ अफर ल्याउदै , २८ जीबी डेटा लिँदा ३९२ मिनेट भ्वाइस कल फ्री

सिनिएर एडिटर प्रविन बराल सिड्नी अस्ट्रेलिया ।नेपाल टेलिकमले हाल उपलब्ध गराइरहेको अटम अफर अन्तर्गतको प्रतिदिन एक जिबी डेटा प्याकलाई थप सुविधासहित केही परिमार्जन गरेको छ । परिमार्जित अफर शुक्रबार राती १२ बजेदेखि हुनेछ ।हाल उपलब्ध भइरहेको प्रतिदिन एक जिबी डेटा प्याक अन्तर्गत प्रतिदिन एक जिबी डेटा प्रयोग गर्न सकिने गरी सात दिनका लागि रु. २५० मा उपलब्ध भइरहेको प्याक र २८ दिनका लागि रु. ८५० मा उपलब्ध भइरहेको प्याकमा भ्वाइस सुविधा थप हुनेगरी नयाँ इको भ्वाइस प्लस डेटा कम्बो प्याक ल्याइएको हो ।सो अनुसार इको भ्वाइस प्लस डेटा कम्बो प्याक अन्तर्गत रु. २५० मा प्रतिदिन १४ मिनेटको हिसाबले जम्मा ९८ मिनेट भ्वाइस कल र प्रतिदिन एक जिबी डेटाको हिसाबले जम्मा सात जिबी डेटा सात दिनभित्र प्रयोग गर्न सकिने छ ।

यसैगरी रु. ८५० मा प्रतिदिन १४ मिनेटको हिसाबले जम्मा ३९२ मिनेट भ्वाइस कल र प्रतिदिन एक जिबी डेटाको हिसाबले जम्मा २८ जिबी डेटा २८ दिनभित्र प्रयोग गर्न सकिने छ ।