प्राबिधिक-समाचार

फेसबुकको प्रतिस्पर्धामा टिकटक,अब ग्रुप च्याट गर्न मिल्ने फिचर लेराउदै

काठमाडौं,

युवाहरुमाझ निकै लोकप्रिय सर्ट भिडियो स्यरिङ्ग एप टिकटकले ग्रुप च्याट गर्न मिल्ने फिचर थप गर्ने भएको छ| बाइटड्यान्सले टिकटकलाई सोसल इन्ट्रयाक्सन एपको रुपमा विकास गर्न यसमा ग्रुप म्यासेजिङ फिचर यसै वर्षभित्र थप गर्ने देखिएको छ ।

कुनै समय टिकटकको प्रगतिको गतिलाई रोक्न फेसबुकले पनि टिकटकको फिचर नक्कल गर्न खोजेको थियो । अहिले टिकटकले आएर फेसबुकको त्याे क्रियाको प्रतिक्रिया दिन थालेको छ ।

 टिकटकको चिनियाँ भर्सन डुयानमा त यो फिचर २०१९ देखि नै उपलब्ध भइसकेको छ  भने गत वर्षमात्र भिडियो च्याट अप्सन पनि प्रदान गरिसकेको छ| 

उक्त च्याट ग्रुपभित्र टिकटकको क्लिप शेयर गर्न सक्ने फिचरले त अझ यसको प्रयाेगलाई पनि बढाउने जनाइएको छ।

यसै गरी फिचर थपिदै गएमा  इन्स्टा र फेसबुक जस्ता मल्टिपर्पोज एप हरु हराउदै र आफ्नो बर्चस्सो घट्दै जाने देखिएको छ| २०२१ को रिपोर्ट अनुसार टिकटक सँग करिब ६८९ मिलियन मासिक युजर्स छन भने यो एप प्रयोगकर्ता को आधारमा सातौ ठुलो एप हो|