टेलिकम

अब आईफोनमा पनि VoLTE सेवा सुरु - यसरी लिनुहोस् सेवा।

✍️ आशिष

काठमाडौं। नेपालको ठुलो सेवा प्रदायक संस्था नेपाल टेलिकमले अन्तर्राष्ट्रिय आईटीयू डे (मे १७) अवसर पारेर भ्वाइस ओभर लङ टर्म इभोलुसन (भीओएलटीई) सेवा परीक्षण सुरु गरेको थियो।

त्यो सगै अब नेपाल टेलिकमको भीओएलटीई सेवा अब आईफोनमा पनि उपलब्ध भएकाे छ ।
Androidमा चलेपनि आईफोनमा भने चलेको थिएन। पछि टेलिकमले एप्पलका सीईओ टिम कुकलाई ईमेल लेखेको थियो।
 
तर अब यो समस्या भएको भन्दै टेलिकमका प्रबन्ध निर्देशक डिल्लिराम अधिकारीले टुईट मार्फत आईफोनमा पनि सुचारू गरिएकाे जानकारी दिएका छन् ।

सेवा सुचारु गर्न *444# Dial  गर्नुहोस र iPhone का ग्राहकहरुले  निशुल्क VoLTE  कल सुबिधा लिन 1444 Dial  गर्नुहोस। त्यो सगै १०० मिनेट फ्रि talktime पनि पाउनुहोस्। थप जानकारीको लागि https://ntc.net.np/post/volte