प्राबिधिक-समाचार

अन्तर्राष्ट्रिय फोटो प्रतियोगिता Wiki Loves Earthमा प्रथमलाई रु.२०,००० - यसरी नि:शुल्क भाग लिनुहोस्

 ✍️ आशिष

काठमाडौं। संसारभरिका प्राकृतिक सम्पदाहरु प्रवर्द्धन गर्न विकिपीडिया र विकिमिडियाकोले अन्तर्राष्ट्रिय फोटो प्रतियोगिता कार्यक्रम रुपमा  Wiki Loves Earth २०२१ ल्याएको छ।

नेपालले २०१४ देखि यस (Wiki Loves Earth) प्रतियोगितामा भाग लिदै आएको छ। र यो वर्ष पनि प्राकृतिक रुपले भरिपुर्ण देश नेपाल, नेपालको प्राकृतिक सम्पदाहरु प्रचार तथा प्रवर्द्धन गर्न र नेपाली जनतालाई अन्तर्राष्ट्रिय फोटो प्रतियोगिता  सामेल गर्न नेपाल  पनि सहभागी भएको छ।

creative commons licenseको मातहतमा रहेर यो  प्रतियोगितामा अहिलेसम्म लगभग २५,५००+  तस्वीरहरू अपलोड गरिएका छन्। 
यो प्रतियोगिता जुन १ देखि जुन ३० २०२१ सम्म हुनेछ।


यो प्रतियोगितामा नयाँ वा expert जो सुकै पनि भाग लिन सक्ने छन्। यसमा भाग लिन कुनै प्राकृतिक सम्पदाको फोटो खिचि अपलोड गर्नु पर्नेछ।  नेपालका टप १० लाई डिजिटल प्रमाणपत्र सहित सम्मान गरिने छ अनि उनिहरु अन्तराष्ट्रिय राउन्डमा सामेल हुनेछन्। प्रथम हुनेले २०,००० बराबरको पुरस्कार, द्वितीय हुनेले १५,०००  बराबरको पुरस्कार, तृतीय हुनेले १०,००० बराबरको पुरस्कार र टप QI or VIले ५,००० बराबरको पुरस्कार प्राप्त गर्नेछन्।

नेपालमा प्रतियोगितामा भाग लिनका लागि फोटोहरूमा केहि नियमहरू छन्। 

  • अपलोड गरिएको फोटो तपाईंको आफ्नै हुनु पर्ने छ।  फोटोलाई काट-छाट गरिएको हुनुहुदैन।
  • सबै फोटोहरू जून २०२१ भित्र अपलोड गरि सक्नु पर्ने छ।
  • सहभागीहरूले सक्रिय ईमेल खाता हुनुपर्दछ।
  • नेपालका प्राकृतिक स्मारकहरूको फोटोहरू अपलोड गर्नसक्नु हुनेछ।
  • फोटोको लागि विषय र व्याख्या अनिवार्य छ।
  • फोटो अपलोड गर्न नदोहोरिएको निश्चित गर्नुहोस् ।

कसरी गर्ने फोटो अपलोड?

  • विकिमेडिया कमन्समा नयाँ खाता सिर्जना गर्नुहोस् वा साइन इन गर्नुहोस्।
  • तपाईंको फोटोहरूलाई राम्रो नाम दिनुहोस् 
  • छविहरू अपलोड गर्न यहाँ क्लिक गर्नुहोस्
  • # WLENepal # WLE2021  ह्यासट्यागका साथ तपाईंको अपलोड सफलतालाई सामाजिक सन्जालमा सेयर गर्नुहोस्।
  • र अन्तिममा रिजल्टको धैर्यतापूर्वक पर्खनुहोस।

तपाईंलाई हामी Tech Mediaको तर्फ बाट शुभ कामना।