आईटी-कोर्स

विन्डोज १० मा साइन-इन गरेिपछि अटो रि-स्टार्ट हुने एप्लिकेसनहरुलाई कसरी डिसेबल गर्ने

गोपाल भण्डारी, काठमाडौ। विन्डोज १० लाई केहि समयको लागि प्रयोग गर्दै हुनुहुन्छ भने तपाइँले थाँहा हुनुपर्छ कि अपरेटिंग सिस्टमले लगआउट वा रि-स्टार्ट हुन अघिनै प्रयोग भएका सबै एप्लिकेसनहरु फेरि अटोमेटिक खुल्दछन भनेर। साच्चै भन्ने हो भने यो एकदमै काम लाग्ने सुविधा हो किनभने तपाईंले प्रत्येक चोटि म्यानुवल्लि ती पहिले खुलेका एप्लिकेसनलाई पुनःस्टार्ट गरिरहनु आवश्यक पर्दैन।

तर केही युजरहरुले यसलाई अन्ततः  अपरेटिंग सिस्टमको स्टार्टअप समयलाई असर गर्दछ पनि भन्नू हुन्छ। अत माइक्रोसफ्टले पनि विन्डोज १० को १७०४० मा अपरेटिंग सिस्टमलाई अटो रि स्टार्ट हुने एप्लिकेसनहरु रोक्नको लागि एक अलग्गै विकल्प ल्याएको छ। अब तपाईंलाई पनि  त्यस्तो लाग्छ भने वा विन्डोज १० खुल्दा सुरुआतमै धेरै समय लिन्छ जस्तो लाग्छ भने ती पहिलुे खुलेका एप्लिकेसनहर पुनःसुचार नगर्न सकिन्छ ।

विन्डोज १० मा साइन-इन पछि अटो स्टार्ट हुने एप्लिकेसनहरु पुनःसुचार नहोस् भन्नका लागि केही स्टेपको सहयोग बाट निम्न अनुसार गर्न सकिन्छ । 

स्टेप १. सर्वप्रथम, स्टार्ट बटनमा क्लिक गर्नुहोस् र 'सेटिंग्स'मा  गर्नुहोस्।

स्टेप २. सेटिंग्समा , 'एकाउन्टमा' गएर क्लिक गर्नुहोस्।

 स्टेप ३. अब लेफ्ट प्यानलमा, "साइन-इन अप्सन" मा क्लिक गर्नुहोस्।

 स्टेप ४. अब फेरि राइटमा 'रि-स्टार्ट एप्स' सेक्सन खोज्नुहोस र 'अटोमेटिक सेभ माई रि-स्टार्ट एप्स हुवेन आइ साइन आउट एन्ड रि-स्टार्ट देम आफ्टर आई साइन इन' लाई डिसेबल गर्नुहोस्। 

अन्ततः यसरी सबै प्रक्रिया पूरा हुन्छ। अब विन्डोज १० मा 'साइन इन पछि अटो स्टार्ट हुने एप्लिकेसनहरु अटो रि-स्टार्ट हुदैनन।