आईटी-कोर्स

TCN learning academy द्वारा आयोजित नि:शुल्क आइटि वर्कशप भब्यताका साथ सम्पन्न

✍️ आशिष

काठमाडौं । TCN learning academy द्वारा आयोजित सूचना प्रविधि सम्बन्धी एक दिने निःशुल्क वर्कशप भब्यताको साथ समापन भएको छ।

उक्त वर्कशपमा प्लस टू साथै ब्याचलर गर्दै गरेका विद्यार्थीहरुको सहभागीता रहेकोे  थियो।

जेठ १५ गते गणतन्त्र दिवसको अबसर पारेर आयोजित उक्त वर्कशपमा विविध ४ विषय समाबेश गरिएको थियो।

 Android development, networking, graphic design र flutter

सो कार्यक्रमका लागि प्रशिक्षकहरु: networkingको लागि CCNA, CCNP expert शशिकान्त सिटौला, android developmentको लागि android developer सिजन न्यौपाने, graphic designingको लागि graphic designer निश्चल मगर साथै flutterको लागि flutter expert निर्देश पोखरेल हुनु हुन्थियो।

कार्यक्रमको प्रमुख अथिति World Guinness Record Holder Memory King अर्पण शर्मा हुनुहुन्थ्यो र उहाले सहभागीलाई मेमोरि इस्ट्र्ङ्ग बनाउने तरिका साथै जिज्ञासा्हरुलाई लिएर सहभागी सङ्ग अन्तरक्रिया गर्नु भयो।

 प्रबिन बराल सभापति रहनु भएको कार्यक्रमलाई शुलभ राज बरालले संचालन गर्नु भएको थियो ।